सरल,सहज र समुचित मूल्यमा खोप वितरण गर्न राष्ट्रपतिको अपिल
१४,माघ–काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्ध खोप सरल,सहज र समुचित मूल्यमा वितरण गर्न अपिल गरेकी छन् । अण्डारीले कोरोना महामारीको बेला अग्रपंक्तिमा खतिने चिकित्सक,सुरक्षाकर्मी,स्वास्थ्यकर्मी,नर्स,सफाई कर्मचारी सबै आभार प्रकट गरेकी छन् ।
कोभिड–१९ विरूद्धको खोप शुभारम्भका अवसरमा आज सन्देश दिँदै राष्ट्रपतिले उनीहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति पनि सम्मान व्यक्त गरेकी छिन् । भारत सरकारले नेपाललाई दिएको अनुधान खोप मंगलबारबाट वितरण सुरु भएको छ ।
सो क्रममा खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालका तर्फबाट राष्ट्रपति भण्डारीले धन्यबाद समेत दिएकी छन् । उनले विश्वका सबै राष्ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छ भन्ने नेपालको सुस्पष्ट मान्यता रहेको जनाएका छन् ।
“कोभिड–१९को विश्वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ। यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्। यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन।
यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ।यसबाट विश्वभरि नयाँ आशा र विश्वासको सञ्चार भएको छ, सन्देशमा भनिएको छ ।