Logo

फेरि नेपाली काँग्रेसले दोस्रो चरण अन्र्तगत माघ ३० गते आन्दोलन चर्काउने संसद


 

१३,माघ–काठमाण्डौं । नेपाली काँग्रेसले संसद विघटनविरुद्ध फेरि आन्दोलन चर्काउने भएको छ । यसअघि संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म चरणबद्ध प्रर्दशन गरेको काँग्रेसले फेरि तीन चरणको विरोधसभा आयोजना गर्ने घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले माघ १९ गते भातृसंस्थाले ७७ वटै जिल्लामा प्रर्दशन र विरोधसभा गर्ने निर्णय गरेको छ।

त्यस्तै माघ २४ गते शुभेच्छुक संस्थाले विरोधका कार्यक्रम गर्ने भएको छ भने ३० गते सबै जिल्ला कार्यसमितिले आआफ्नो जिल्लामा विरोधसभा गर्न निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। काँग्रेसले पनि पौष ५ भएको संसद विघटन असंवैधानिक भन्दै आएको छ । यसको बिरोधमा वरिष्ठ नेता राम चन्द्र पौडेल बलियो रुपमा उभिएका छन् भने देउवा प्रधानमन्त्रि बन्ने धाउमा आलताल गरि रहेका छन् ।

तर जे भएपनि मंगलबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले अब सशक्त आन्दोलनमा नै जाने निर्णय गरेका छन् । नेकपाको दाहाल नेपाल खेमाले पनि चरणबद्ध रुपमा सडक आन्दोलन सञ्चालन गर्दै आएको छ। मंगलबारको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति पनि खेद प्रकट गरेको छ।

प्रवक्ता शर्माका अनुसार अर्को पक्षको आलोचना गर्नु स्वभाविक भए पनि ओलीको अभिव्यक्ति तिक्त भएको ठहर कांग्रेसले गरेको छ। शर्माले भने, ‘प्रधानमन्त्रीले नसुहाउँदो अभिव्यक्ति दिनुभएको छ। प्रधानमन्त्रि ओलीको संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने भन्ने भनाईको पनि काँग्रेसले कडा बिरोध गरेको छ ।

त्यस्तै कांग्रेसले सोमबार नागरिक समाजले गरेको आन्दोलनमा बल प्रयोग गरेको प्रति पनि आपत्ति जनाएको छ।उसले विरोध गर्न पाउने नागरिकको मौलिक हकको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्