प्रचण्ड माधव समुहको फेरि तेस्रो चरणको आन्दोलन सुरु,अबको योजना के के छ ?

१३,माघ–काठमाण्डौं । प्रचण्ड माधव कुमार नेपाल समुहको फेरि तेस्रो चरण अन्र्तगतको आन्दोलन सुरु भएको छ । आज त्यो अन्र्तगत आज काठमाण्डौं उपत्यकामा सोह्रखुट्टेबाट सिटी जुलुस निकालिएको छ ।
जुन असन चोक हँुदै वसन्तपुरमा गएर टुंगिएको छ । संसद विघटनको बिरुद्धमा यो समुहले माघ ९ वृहत जनप्रर्दशन गरेको थियो । फेरि अर्को चरण अन्र्तगत आगामी माघ १६ गते सहिदहरुप्रति श्र्रद्धाञ्जली कार्यक्रम राखेका छन् ।
माघ २८ गते उपत्यका भित्र र बाहिर गरी ठूलो जनप्रर्दशन गर्ने भएको छ । सो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन आयोजना गरिएको छ । राजधानी उपत्यकाभित्र सांसदहरुको धर्ना, हुने भएको छ ।