Logo

चार पूर्व प्रधान न्यायाधीश विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्धा दर्ता


१३,माघ–काठमाण्डौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनको विरुद्धमा विज्ञप्ति जारी गर्ने चारजना पूर्व प्रधान न्यायाधीशहरुविरुद्ध अवहेलना मुद्ध दर्ता भएको छ । विचाराधीन मुद्दा प्रभावित पार्नेगरी विज्ञप्ति जारी गरेको भन्दै उनीहरु बिरुद्ध अवहेलना मुद्ध दायर गरिएको हो ।

सर्वोच्चमा परेको रिदमा पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई बिपक्ष बनाइएको छ । उनीहरुमाथी कुमार शर्माले अवहेलना मुद्दा दर्ता गरेका हुन् । यसैगरी, पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

आज राजाराम घिमिरेसहित दुईजनाले उनीविरुद्ध अवहेलना गरेको भन्दै निवेदन दिएका हुन् । आजै सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्