Logo

निर्वाचन आयोगको ११ पेज लामो पत्र प्रचण्डलाई ति पत्रमा के के छन् ?


१३,माघ–काठमाण्डौं । निर्वाचन आयोगले प्रचण्डलाई ११ पेज लामो पत्र पठाएका छन् । सोमबार पठाएको त्यो पत्रका नेकपा फुट्न नमिल्ने विधानमा रहेको उल्लेख गरिएको छ । निर्वाचन आयोगले सोमबार ओली र प्रचण्ड दुवै पक्षलाई नै यो पत्र पठएको हो ।

आयोगले गत पुस पाँच गते संसद विघटन भएयता दाहाल(नेपाल समूहको केपी शर्मा ओलीलाई अध्यक्षसँगै साधारण सदस्यबाट हटाउने निर्णय र ओली समूहले बढाएको ११ सय १० केन्द्रीय सदस्यहरुलाई अवैधानिक ठहर गर्दै राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २५ ९६० बमोजिम दलको साविक विवरण कायम रहेको निष्कर्ष निकालेको थियो।

दाहाल– नेपाल पक्ष आफूहरुको अध्यक्ष र साधारण सदस्यबाट ओलीलाई हटाउने निर्णय आयोगले खारेज गरेपनि आफूहरुको अडान अनुसार नेकपाको पुरानै केन्द्रीय सदस्यहरुलाई बैधानिकता दिएको दाबी गरेको छ।

यो पक्षका नेता लिलामणी पोखरेलले नेकपाको चार सय ४१ केन्द्रीय सदस्यहरुकै नेकपा भएको आयोगले स्वीकार गरेको दाबी गरेका छन्। अब प्रचण्ड र ओली के गर्छन भन्ने यतिखेर सबैको चासो भएको छ । निर्वाचन आयोगले पठाएको पत्रको सार तल हेरौं ।

 

 

प्रतिक्रिया दिनुहोस्