नेकपाका वडाध्यक्ष बलात्’कारको आरोपमा पक्राउ

१३,माघ–काठमाण्डौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० का ५१ वर्षीय वडाध्यक्ष भरतबहादुर बोहरा ‘अर्जुन’ बलात्’कारको अभियोगमा पक्राउ परेका छन् । उनी नेपाल कम्यूष्टि पार्टी नेकपाका नेता हुन् । उनले ३३ बर्षिया एक महिलालाई जबरजस्ती गरेको ओरोपमा पक्राउ परेका हुन् । बोहरालाई जिल्ला प्रहरी कार्यालय रामेछापको टोलीले शनिबार पक्राउ गरेको हो । बोहरा मन्थलीको चनखुबाट पक्राउ परेको प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज ढुंगानाले जानकारी दिएका छन् ।
ती महिलाले सोमबार महानगरीय प्रहरी वृत्त, ठिमी, भक्तपुरमा उजुरी दिएपछि प्रहरीले वडाध्यक्ष बोहरालाई पक्राउ गरेको जनाएको छ । जिल्ला अदालत भक्तपुरबाट वडाध्यक्ष बोहराविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ठिमी प्रहरीले फरार रहेका वडाध्यक्ष बोहरालाई पक्राउ गरिदिन रामेछाप प्रहरी कार्यालयलाई पत्र पठाएको डीएसपी ढुङ्गानाले बताएका छन् ।
सोही पत्रका आधारमा बोहरालाई शनिबार पक्राउ गरी रामेछापबाट भक्तपुर ल्याइएको छ । ठिमी प्रहरी वृत्तका डीएसपी ऋषिराम कँडेलका अनुसार वडाध्यक्ष बोहराले माघ दुई गते राति महिलामाथि बलात्’कार गरेको जाहेरी आएको जानकारी दिएका छन् । अहिले सोधपुच्का लागी अध्यक्ष बोहोरालाई ठिमी प्रहरी बृत्तमा राखिएका छन् ।
बलात्’कार भएको भनिएकी महिला मध्यपुर ठिमी नगरपालिका– ३ मा डेरा गरी बस्दै आएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका वडाध्यक्ष बोहरा तत्कालीन माओवादीबाट निर्वाचित भएका थिए ।