Logo

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रममाथी महाअभियोग प्रस्ताव पेश


 

१३,माघ–काठमाण्डौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रममाथी महाअभियोग प्रस्ताव पेश भएको छ । उनीमाथी लागेको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले माथिल्लो सदन सिनेटलाई बुझाएको छ । तल्लो सदनले जनवरी १३ मा ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेको थियो । सभामुख न्यान्सी पेलोसीले नियुक्त गरेको तल्लो सदनका महाअभियोग व्यवस्थापकहरुले सोमबार माथिल्लो सदनलाई ट्रम्ममाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् ।

योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाई प्रक्रियाका लागि मार्ग प्रसस्त भएको छ । जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त शत्र जारी रहेका बेला नतिजा उल्ट्याउने मनसायसहित ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।

एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको सो आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको बिद्रोह रहेको र त्यसका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । उनले खेलेको भूमिकालाई संसदमाथी हमला र हिंसाको संज्ञा दिइएको छ । जनवरीमा २० मा उनी आफ्नो पहिलो कार्यकाल पूरा गरेर सत्ताबाट बिदा भएका छन् ।

सोही दिन शपथ लिएका बाइडेनले अहिले तीव्र रुपमा कार्यकारी आदेशहरु जारी गरेर आफ्नो प्रशासनको रणनीतिक मार्ग तय गर्ने प्रयास गरिरहेका छन् ।

अमेरिकी इतिहासमा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका ट्रम्प सत्ताबाट बाहिरिए पनि सिनेटमा सुनुवाई हुनेछ । ट्रम्पले सुनुवाईका लागि आफ्ना वकिलहरुको टिम बनाउने प्रक्रिया थालेका छन् । सिनेटमा आउँदो फेब्रुअरी ९ देखि महाभियोगमाथि सुनुवाई सुरु हुने सम्भावना रहेको एजेन्सिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्