Logo

विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरि कृतिमान कायम गर्ने नेपाली स्वदेश फर्किए,एयरपोर्टमा भव्य स्वागत


१३,माघ–काठमाण्डौं । जोडो मौसमको चुनौतीसँगै हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरि नेपाली आरोहीहरु स्वादेश फर्किएका छन् । उनीहरुलाई मंगलबार बिहान एयरपोर्टमा भव्य स्वागत गरिएको छ । निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको हो ।

स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए । नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । यो हिमाल बिश्वको नै सबै भन्दा खतराको रुपमा लिइन्छ ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार साँझ ५ः४५ बजे ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए ।

दश आरोहीमध्ये निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए । बिना अक्सिजन पुर्जाको आरोहणलाई विश्व कृतिमान नै कायम गर्न सकिन्छ । उनीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए । उनीहरुको टोली सबकुशल आज स्वादेश फिर्ता भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्