प्रधानमन्त्रि र मन्त्रिहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मीहरुको प्रर्दशन
१२,माघ–काठमाण्डौं । मानव अधिकारकर्मीहरुले मगलबार वालुवाटारमा प्रर्दशन गरेका छन् । उनीहरुले सार्बजनिक रुपमा प्रधानमन्त्रि र अन्य मन्त्रिहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सच्चेत गराउन आन्दोलन गरेका हुन् । आन्दोलनको क्रममा दुई दर्जन भन्दा बढीलाई प्रहरीले पक्राउ गरेका छन् । उनीहरुमाथी प्रहरीले लाठी चार्ज समेत गरेका छन् । संसद बिघटनबिरुद्ध बालुवाटारमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
बर्तमान सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास विरुद्ध, राज्य संयन्त्रको दुरुपयोग विरुद्ध, प्रधानमन्त्री/मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति बिरुद्ध भन्दै मानव अधिकार तथा शान्ति समाजले बालुवाटारमाा प्रदर्शन गर्न खोजेको थियो । प्रदर्शनबाट प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल लगाएत २६ जनालाई पक्राउ गरेको समााजले जनाएको छ ।
विरोध प्रदर्शनका क्रममा सहभागिहरुले प्रम ओली स् आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार ः किर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।
मानवअधिकार तथा शान्ति समाजले केपी ओली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो । संसद विघटन गरिएपछि अधिकारकर्मीहरुदले दिनहुँ जसो विरोध प्रदर्शन गरिरहेका छन् ।