Logo

मानव अधिकारकर्मी सहित वालुवाटारबाट २६ जना पक्राउ


१२,माघ–काठमाण्डौं । सरकारको प्रतिगमन बिरुद्ध आन्दोलनरत मानव अधिकारकर्मी सहितलाई वालुवाटार २६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । उनीहरुमाथी प्रहरीले निषेधित क्षेत्रमा आन्दोलन गरेको भन्दै वालुवाटार नै पुग्न नपाई जथाभावी पानीको फोहोरा र लाठ्ठी चार्ज गरेका छन् ।

पानीको फोहोरा र लाठ्ठी चार्जबाट धेरै जना घाइते भएका छन् । शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी प्रशासनले हस्तक्षेप गर्नुका साथै लाठी चार्ज गरेपछि लेखक तथा पत्रकार नारायण वाग्लेले यसलाई ‘तेस्रो जनआन्दोलन सुरु’ भएको संज्ञा दिएका छन् । घाइतेको उपचार भइरहेको छ ।

कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो । संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनको विरूद्ध अभियन्ताले सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ्य र न्यायपूर्ण बाटोमा फर्काउन सबै सचेत नागरिकको कर्तव्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्