Logo

रवि लामीछानेको बर्हिगमनसँगै नयाँ प्रस्तोताको साथमा सिधा कुरा जनतासँग कार्यक्रम प्रसारण लाइक भन्दा डिजलाइक बढी


१२,माघ–काठमाण्डौं । कर्यक्रम प्रोस्तोता रवि लामिछानेले सञ्चालन गर्दै आएको सिधा कुरा जनतासँग नयाँ प्रोस्तोताको साथमा माघ ११ गतेबाट पून प्रसारणमा आएको छ । कार्यक्रम सञ्चालिका सम्झना भुजेलले सो कार्यक्रमलाई सञ्चालन गरेकी हुन् ।

उनले सञ्चालन गरेकी कार्यक्रमलाई प्रायजसो दर्शकले भने रुचाएको छैन । आइतबार राति प्रशारण भएको कार्यक्रम युट्युबमा समेत प्रसारण भएको थियो । युटयूबमा प्रसारण भएको त्यो कार्यक्रमलाई दर्शकलाई लाइक भन्दा पनि बढी डिजलाइक गरेका छन् ।

उनीहरुले कार्यक्रम प्रोस्तोतालाई शुभकामना सहित राम्रो कार्यक्रम चलाउन सझाव दिएका छन् । कार्यक्रम प्रोस्तोताले ६४२ औ श्रृङखला कार्यक्रम चलाएर रवि लामिछाने विदा भएको जानकारी गराएका छन् । तर दर्शकले भने रवि लामिछानेलाई देख्न नपाएकोमा दुख लागेको लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्