Logo

ओलीको नयाँ केन्द्रिय सदस्यले मान्यता पाएन,साधारण सदस्यबाट समेत उनी निस्कासित


१२,माघ–काठमाण्डौं । पार्टी विभाजन भएसँगै ओलीले आफ्नो खेमामा ११ सया केन्द्रिय सदस्य नियुक्ति गरेका थिए । तर निर्वाचन आयोगले पाँच बर्ष भन्दा अगाडी पार्टी विभाजन हुन नसक्ने कानुनी मायन्यता ल्याएसँगै उनले पछि गठन गरेका नयाँ केन्द्रिय सदस्यले. मान्यता नपाउने भएको छ ।

उता प्रचण्ड माधव कुमार पक्षले भने ओलीको ठाउँमा माधव कुमार नेपाललाई अध्यक्ष पदमा नियुक्ति गरेका थिए । आईतबारको बैठकबाट ओली सोधिएको स्पष्टिकरणको कुनै जवाफ नै नदिएको भन्दै फेरि पार्टीको साधारण सदस्यबाट समेत हटाई दिएका छन् ।

निर्वाचन आयोगले बिभाजित नेकपाका दुबै खेमालाई अलग अलग मान्यता नदिँदा बालुवाटारबाट थपिएका पौने एघार सय केन्द्रीय सदस्यको बै’धता सं’कटमा परेको छ ।

आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वि’घटन गरेपछि नेकपा विभाजन भएको थियो ।

ओलीको कदम मुलुक र पार्टीको हितविपरित भन्दै पुस ६ गते बसेको बहुमत ९प्रचण्ड(माधव० पक्षको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टी अध्यक्षबाट ह’टाएर माधवकुमार नेपाललाई अध्यक्षमा मनोनयन थियो ।

 

प्रतिक्रिया दिनुहोस्