Logo

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पशुपतिनाथको दर्शन


१२,माघ–काठमाण्डौं । लामो समयको अन्तराल पछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनले पत्नी राधिका शाक्यसहित मन्दिरको दर्शन गर्न गरेका हुन् ।

उनलाई पुशपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । कोराना महामारीको लामो समय सम्म पनि पशुपति मन्दिर खुलाउन प्रधानमन्त्रि र राष्ट्रपतिले कुनै पहल नगरेको भन्ने आरोप उनी माथी लागेका थिए ।

तर आज पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले उनलाई राम्रै स्वागत गरेका थिए । पशुपति नाथको दर्शन पछि उनी तुरुन्तै फर्किका थिए ।
                                                                                                              तस्विर  सूर्य थापा

प्रतिक्रिया दिनुहोस्