२०४७ सालको संविधान लागु गर भन्दै राष्ट्रिय झण्डा सहित काठमाण्डौमा बृहत प्रर्दशन
११,माघ– काठमाण्डौं । आईतबार काठमाण्डौं उपत्यकामा २०४७ सालको संविधान लागु गर भन्दै राष्ट्रिय झण्डा सहित बृहत प्रर्दशन भएको छ । नेकपाको सरकार काम चलाउ भइ रहेको बेला देशभक्त प्रजातान्त्रिक गठबन्धनले आज काठमाडौंमा बृहत्त प्रदर्शन गरेको हो ।
उनीहरुले ‘न मधेशी, न पहाडी, न हिमाली–हामी सबै नेपाली’ लेखेको ठूलो ब्यानरमा २०४७ सालको संविधान लागु गर भनेर लेखिएको व्यानर बोकेका थिए ।