Logo

मुख्यमन्त्रि शेरधन राईको विवाह सम्पन्न हुँदै,किराँती भेषमा यस्तो देखियो


 

११,माघ– काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राई र मिस मंगोल २३ वर्षीय मोडल जाङ्मु शेर्पाको विवाह सम्पन्न भइ रहेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् ।

उनको वैवाहिक समारोह आज राजधानीको एक पार्टी प्यालेसमा जारी छ । मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् ।

उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका हुन् । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ति लगिएको छ । दुई पक्षका गरी करिब ३५–४० जना मात्रै विवाहमा सहभागी छन् ।

विवाह मण्डपमा मिडियालाई प्रवेश निशेध गरिएको छ । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए । विवाहपछि आजै बेलुकी रिसेप्सन आयोजना गरिँदै छ । रिसेप्सनमा भने राष्ट्रपति(प्रधानमन्त्रीलगायत भीआइपीहरुलाई पनि निम्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्