Logo

प्रधानमन्त्रीलाई थप कारबाही गरिदै,पार्टी सदस्य समेत नरहने गरि हटाउन प्रचण्ड माधव पक्षको बैठक सुरु


११,माघ– काठमाण्डौं । प्रचण्ड माधव कुमार पक्षले प्रधानमन्त्री केपी ओलीलाई संसद बिघटन र पार्टी अनुशासन बारे समयमा स्पष्टीकरण दिन अल्टिमेटम दिएका थिए । तर ओलीले समयमा त्यसको कुनै जवाफ नदिएपछि अब पार्टी कुनै साधरण सदस्य समेत नरहने गरि हटाउन लागिएको हो ।

यसको बिषयमा छलफल गर्न पार्टीको कार्यलय पेरिसडाँडामा सवा १२ बजेबाट प्रचण्ड माधव पक्षको बैठक सुरु भएको छ । पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि प्रचण्ड–माधव पक्ष त्यसको विरोध गर्दै आएका छन् । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ ।

प्रचण्ड–माधव पक्षले यसअघि ओलीलाई अध्यक्ष पदबाट हटाउँदै उनको स्थानमा वरिष्ठ नेता माधव कुमार नेपालाई अध्यक्ष चयन गरिसकेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै स्पस्टीकरण साधिएकोेमा उनले उक्त स्पस्टीकरणको जवाफ नदिएपछि पार्टीबाटै निष्कासन गर्न लागिएको प्रचण्ड–माधव पक्षका एक शीर्ष नेताले जानकारी दिए ।

पार्टीले ओलीलाई स्पस्टीकरण सोधेको थियो । तर उहाँले जवाफ दिनुभएन । त्यसकारण उहाँलाई पार्टीबाटै हटाउनुको विकल्प भएन’, भन्यो, ‘यसअघि अध्यक्षबाट मात्रै हटाइएको थियो अब पार्टीबाटै हटाइन्छ ।

प्रतिक्रिया दिनुहोस्