बाबुको साथीद्वारा ११ बर्षीय वालिका बलात्कृत
११,माघ– वीरगञ्ज । आफ्नै बाबुको साथीद्वारा ११ बर्षीय वालिका बलत्;कृत भएका छन् । वीरगञ्ज(१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ ।
बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जानकारी दिए । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए ।
सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ । सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।