Logo

कृषि क्षेत्रमा वैदेशिक लागानी भित्र्याउने सरकारको निर्णयविरुद्ध उद्योगी व्यवसायले संघर्ष समिति आन्दोलित


 

११,माघ–काठमाण्डौं । कृषि क्षेत्रमा वैदेशिक लागानी भित्र्याउने सरकारको निर्णय प्रति उद्योग व्यावसायी संघर्ष समितिले आन्दोलन चर्काउने भएको छ । चितवनको रत्ननगरमा आयोजित एक कार्यक्रममा कृषि उत्पादनसँग सम्बन्धित १५ वटा सरोकारवाला संघसंस्थाहरुले किसान तथा उमीहरुलाई समेटेर संघर्ष समिति घोषणा गरेका हुन् ।

उनीहरुले कृषि क्षेत्रमा जबरजस्ती सरकारले वैदेशिक लगानी भित्र्यायो भने चरमबद्ध रुपमा आन्दोलन चर्काउने घोषणा गरेका छन् । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको संयोजकत्वमा बनेको समितिमा राष्ट्रिय कृषक समूह महासंघ नेपालका महासचिव रिता बस्ताकोटी सहसंयोजक, नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहाल महासचिव,

केन्द्रीय पशुपंक्षी पालन सहकारी संघका बाबुराम अधिकारी कोषाध्यक्ष रहेका छन् भने अन्य १३ जना सदस्य रहेका छन् । नेपाल कृषिका केही क्षेत्रमा आत्मनिर्भर हुँदाहुँदै सरकारले राजपत्रमा सूचना प्रकाशित गरी सो ऐनको अनुसूची संशोधन गरी कृषिका सम्पूर्ण क्षेत्रमा एफडीआई खुल्ला गर्ने निर्णयप्रति किसान संघसंगठनको गम्भीर ध्यानाकर्षण भएको समितिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्