Logo

इतिहासमा सबै भन्दा लामो वागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल अब विश्व रेर्कडमा राख्ने तयारी


पा

 

११,माघ– बागलुङ । अहिले सम्म नेपालमा बनेको सबै भन्दा लामो झोलुङ्गे पुल बिश्वको रेकर्डमा राख्ने तयारी भएको छ । वागलुङ र पर्वत जोड्ने जोड सो पुल ५६७ मिटर लामो रहेको छ । हाललै निर्माण भएको यो पुलले विश्मा नै चर्चा पाएको छ । यो. पुल हेर्नेको पछिल्लो समय निकै भीड बढ्न थालको छ । यो पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ ।

विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएपछि पुललाई विश्व रेकर्ड राख्ने प्रक्रिया थालिएको हो । पुल गत माघ ३ गते सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

पुललाई निर्माणपश्चात विश्व रेकर्डमा राख्नका लागि बागलुङ नगरपालिकाले प्रक्रिया थाल्न खोजे पनि कोरोना भइरसका कारण उद्घाटन र हस्तान्तरण हुन नसक्दा ढिलाइ भएको थियो । शुरुमा नेपालकै लामो झोलुङ्गे पुल ९सिङ्गल स्पान० भनेर निर्माण गरे पनि पछिल्लो समय यस्तो प्रकारको पुल विश्वकै लामोमा पर्ने बागलुङ नगरपालिकाको दावी छ ।

सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँका सिनियर इन्जिनीयर हुमाकान्त मिश्रका अनुसार विश्वभरको तथ्याङ्क वेबसाइटमा हेर्दा हालसम्म स्विट्जरल्याण्डमा खुला प्रकृतिको झुलुङ्गे पुल जम्मा ४९४ मिटर लामो मात्रै बनेको रेकर्ड भएका कारण बागलुङ र पर्वत जोड्ने उक्त पुल विश्वकै लामो झोलुङ्गे पुल हुनसक्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्