Logo

स्टोर गरेर राखिएको पाइपमा भएको आगलागीबाट लाखौको क्षती


१०,माघ– टवल । लामो समयदेखि स्टोर गरेर राखिएको खानेपानी तथा सरसफाई संस्थाको पाइपमा आगलागी भएको छ । सो आगलागीबाट लाखौको क्षती भएको छ । आगलागी कसले र कसरी भयो भन्ने कुरा खुल्न सकेको छैन ।

शनिबार दिउसो तिलोत्तमा(४ सीमानगरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अन्तर्गत निर्माणाधीन शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाको ओभरहेड टंकी परिसरमा राखिएको पाइपमा आगलागी भएको हो ।

आगलागीलाई बुटवल उपमहानगरपालिका, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका तीनवटा दमकलले आधा घण्टामै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रतितसिंह राठौरले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्