भारत सरकारले नेपालमा दिएको १० लाख डोज खोप पहिलो चरणमा कसलाई

९,माघ–काठमाण्डौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार मध्याह्न नेपाल भित्रिएको छ । सो खोपलाई भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई विमानस्थलमै हस्तान्तरण गरेका गरेका हुन् ।
खोप हस्तान्तररण पछि कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले पहिलो चरणमा खोपको प्राथमिकता स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी रहने बताए ।
उनले खोपका लागि भारत सरकारलाई धन्यवाद दिँदै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको दुई साताअघिको भारत भ्रमणले कोरोना खोप भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
मन्त्री त्रिपाठीले एक हप्तादेखि १० दिनभित्रै नेपालमा खोप लगाउन शुरु गरिने र यो खोप लगाइसक्दा अर्को खोपको व्यवस्था गरिसक्नका लागि तत्काल थप खोपको खरिद प्रक्रिया अगाडि बढाइने जनाए ।
मन्त्री त्रिपाठीले भारत सरकारबाट उपहार प्राप्त कोरोनाविरुद्धको भ्याक्सिन आफूले कोरोना युद्धका फ्रन्ट लाइनरलाई सुम्पिने बताए।