Logo

प्रधानमन्त्रि ओलीको असंवैधानिक कदम बन्दै आज देशभर नेपाली काँग्रेसको वृहत प्रर्दशन


८,माघ–काठमाण्डौं । नेपाली काँग्रेसले आज देशभर प्रधानमन्त्रि ओलीको असंवैधानिक कदम बन्दै बृहत प्रर्दशन गरेका छन् । ओलीले संसद विघठन गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस पनि अहिले देशव्यापी बिरोध प्रर्दशनमा उत्रिएका हुन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ ले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य कुश श्री न्यौपानेले संसद बिघटन गर्नु, पद्धतिमाथि उपहास गर्नु कम्युनिष्टहरूको धर्म भएको बताएका छन्।

इतिहासकाल पल्टाएर हेर्दा कम्युनिष्टहरुले जहिले पनि पद्धति र नियमलाई कायम नराखी विधि र विधान विपरित विपरीत काम गर्दै आएको आरोप लगाएका छन् । न्यौपानेले कम्युनिष्टहरुलाई धर्म विरोधी र पद्धतिको विरोधीको संज्ञा दिएका हुन । पार्टी भित्रको आन्तरिक झगडाका कारण नेपाली जनताहरु कम्युनिष्ट भएको भन्दै पार्टी नेतृत्वले सचिनु पर्ने उनले बताए । नेता न्यौपानेले भने ‘नेपाली जनता लोकतन्त्रवादी हुँदाहुँदै पनि कांग्रेसको आन्तरिक झगडाले गर्दा लोकतन्त्रवादी जनताहरु कम्युनिष्टलाई भोट हाल्न पुगेका छन् ।

नेपालको संविधानलाई आत्मसात नगरेर संविधानको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै नेता न्यौपानेले कम्युनिष्टहरु भनेका ‘जंगली जनावर हुन्, कम्युनिष्टहरुको मर्म हुँदैन, कम्युनिष्टहरुको धर्म हुँदैन, कम्युनिष्टहरुको हृदय हुँदैन, ओली मात्र होइनन प्रचण्ड र माधव नेपाल पनि लोकतन्त्रवादी जनताहरुको लागी महाखतरा हुन । २००७ सालको क्रान्ति नेपाली कांग्रेसले सफल पारेको त्यसैगरी २०४६ सालको पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसको आन्दोलन स्मरण गर्दै २०६२/६३ को जनआन्दोलनको मुख्य भूमिका पनि कांग्रेसले नै गरेको उल्लेख गरेका छन् ।

जनआन्दोलनपछि नेपालको ऐतिहासिक संविधान कांग्रेसको पालामा भएको र विभिन्न कालखण्डमा कांग्रेसले इतिहास रचेको बताएका छन्। यसरी इतिहासका बोकेको काँग्रेसले लोकतन्त्र स्थापना गरेको बताउँदै जनताका अधिकार सुनिश्चित गर्नका लागि प्राप्त गरेको लोकतन्त्रको धज्जी उडाउदै कम्युनिष्टहरुले लोकतन्त्र र संविधानको मर्मविपरीत संसद विघटन गरेर उदाङ्गो चरित्र देखाएको उल्लेख गरेका छन् । देशको रक्षा तथा जनताको हित एवं कानुनी राज्यलाई संरक्षण गर्नका लागि कांग्रेस नै उपयुक्त भएको बताउँदै बताए । कम्युनिष्टहरुले नेपाली जनताको इच्छा आकांक्षा र चाहनालाई कहिल्यै पनि मध्यनजर नगरी आफ्नो स्वार्थ प्राप्त गर्नका लागि देश र जनताको बेवास्ता गर्दै निरंकुशता लादेको आरोप लगाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्