Logo

निरंकुशबादी डोनाल्ड ट्रम्पको बिदाईसँगै अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडनले लिए शपथ


८ माघ– काठमाडौं । अमेरिकाको वाइटहाउसमा सत्ता हस्तारणसँगै निरंकुशबादी डोनाल्ड ट्रम्पक सत्ताबाट बाहिरिएका छन । उनको ठाँउमा अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडनले शपथ लिएका छन् । अमेरिकी इतिहासमा नै सबभन्दा बढी हिंसात्मक र निरंकुशबादी डोनाल्ड ट्रम्पको शासन रहेको थियो । आफ्नो चार वर्षे कार्यकालमा ट्रम्पले केही यस्ता निर्णय लिए जसले घरेलु राजनीतिमा मात्र होइन, विश्व राजनीतिमा असहजता सिर्जना गर्यो ।

जलवायु परिवर्तन, आप्रवासी सम्बन्धी नीति, विश्व स्वास्थ्य संगठन, चीनसँगको सम्बन्ध लगायतका विषयमा ट्रम्पले लिएका धेरै नीति विश्वभर नै आलोचनाको विषय बने । चारवर्षे अवधीमा ट्रम्पले गरेका धेरै निर्णय लामो समयदेखिको अमेरिकी नीतिको क्रमभंगता पनि थियो । उनका केही गतिविधिले अमेरिकाको विश्व नीतिमा धक्का समेत लागेको छ ।

ट्रम्पले अमेरिकी मूल्य–मान्यता, विश्वव्यापी नेतृत्व लगायत थुप्रै विषयमा बेमेल हुने नीति अंगाले, जसलाई नयाँ राष्ट्रपति बाइडनले उल्टाउने प्रक्रिया पहिलो दिनबाट नै शुरु गरेका छन् । पहिलो दिनमा नै बाइडनले ट्रम्पले लिएका १७ निर्णय उल्टाउने कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् ।

सपथ ग्रहण समारोहमा बाइडनले कुनै महत्वपूर्ण विदेश नीति घोषणा त गरेनन् तर उनले अमेरिकाको गठबन्धनलाई मर्मत गर्ने, विश्वसँग फेरि संलग्न हुने र अमेरिकालाई शान्ति र सुरक्षाको एउटा विश्वासिलो साझेदारको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् । वाइडनको नयाँ सत्ता रोहणले अमेरिका लगायत विश्वमा नै खुशी छाएका छन् ।

प्रतिक्रिया दिनुहोस्