५२ बुढे माग सहित अमरणअन्सनरत जनबादी पार्टीका महासचिव डि.यस महता र केन्द्रिय सदस्य भरत ढनाडीको स्वास्थ्य अवस्था गम्भिर भएपछि मानव अधिकारकर्मीको चासो
७,माघ–काठमाण्डौं । जनबादी पार्टीका महासचिव डि.यस महता र केन्द्रिय सदस्य भरत ढनाडीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ । निशूल्क स्वास्थ्य शिक्षा,तथा सुव्यस्थित शासन र रोजगारी व्यावस्थाको माग सहित पौष ३ गतेदेखि यो पार्टीले निरन्तर आन्दोलन गर्दै अएका हुन् । गत मंसिर २६ गते पार्टी महासचिव डि.यस महत्ताको नेतृत्वमा ५२ बुढे माग सहितको ज्ञापनपत्र सरकारलाई बुझाएका थिए ।
तर पनि उनीहरुको मागलाई सरकारले वेवास्ता गरेपछि उनीहरुले मण्डलाबाट मानव ताला सहितको चरमबद्ध आन्दोलन गरि रहेका छन् । यहि क्रममा सरकारले आफूहरुको मागको सुनुवाई गर्नुको बद्ला पटक पटक प्रहरी दमन र धरपकड गरेर अमानवीय व्यवहार गरेको पार्टी प्रवक्ता बिज्ञान शर्माले कलाखबरसँग बताए ।
पार्टी प्रवक्ता बिज्ञान शर्मा
प्रहरीको यातनासँगै अमरणअन्सनमा बसेका पार्टी महासचिव महता र केन्द्रिय सदस्य ढनाडीको स्वस्थ्यअवस्थामा गम्भिर समस्या आएपछि अस्पताल भर्ना गरिएको पनि उनले जानकारी दिए । प्रहरीले पाँच पटक सम्म धरपकड गर्दै यातना दिएपछि स्वासप्रस्वासमा जटिल समस्या भएपछि अमरण अन्सनको १२ दिनमा चावहिलको हेल्पीङ हस्पिटलमा भर्ना गरिएको केन्द्रि पार्टी सदस्य जानुका श्रेष्ठले बताइन् ।
पार्टी महासचिव डि.यस महत्ता
शान्तिपूर्ण आन्दोलन गर्दा जथाभावी प्रहरीले दमन र अत्याचार गर्न थालेपछि मानव अधिकार आयोगलाई गुहार्नु परेको पनि उनले जनकारी गराइन् । आफूहरुको मागलाई सरकारले सम्बोधन नगरे फेरि अर्को आन्दोलनको माध्यमबाट आधीभेरी ल्याउने पनि उनले चेतावनी दिइन् ।
अमरण अन्सनमा बसेका डि.यस महता र भरत ढनाडीको स्वास्थ्य आवस्था बुझ्न सोमबार मानव अधिकारकर्मीहरु आएका छन् । मानव अधिकार आयोगबाट आएका रेखा रेग्मी र अस्मिता पोखरेलले आफूहरुले जे देख्यो त्यो जस्ताकोे तस्तै रिपोर्ट बनाएर सम्वन्धित निकायमा पठाउने प्रतिबद्धता जनाएका थिए ।
केन्द्रिय सदस्य भरत ढनाडी