छेस्काम माध्यमिक विद्यालय व्यावस्थापन समिति गठनको निर्वाचनमा दोहोरो झडप,दुवै पक्षतर्फ घाइते,विद्यालयको संरचना माथी ठूलो क्षती

सांकेतिक तस्बिर
६,माघ–काठमाण्डौं । गत शनिबार सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिका वडा नं ३ स्थित छेस्काम माध्यमिक विद्यालय व्यावस्थापन समिति गठनको निर्वाचन सम्पन्न भएको छ । सो निर्वाचनमा निवर्तमान अध्यक्ष बिद्या राज कुलुङ र किशोर कुलुङले उमेदवारी दिएका थिए । दुई उमेदवारीबीच कडा रुपमा प्रतिस्प्रधा हुँदै ३० मतले किशोेर कुलुङ बिजय भएका हुन । स्वतत्रन्त र निश्पक्ष ढंगले निर्वाचन सम्पन्न भइसकेपछि नव निर्वाचित अध्यक्षलाई स्वागत र पुरानोलाई बिधाईको तयारी गर्दैगर्दा एक्कासी झडपको स्थिति सिर्जना भएको हो ।
निवर्तमान अध्यक्ष बिद्या राज कुलुङ
नियोजित ढंगले कार्यक्रमलाई बिथोल्न खोज्ने एक समुहले आराजक किसिमको किशोेर कुलुङ बिरुद्ध नाराबाजी गर्दै ढुंगामुढा बर्षाउदा यो घटना हुन पुगेको एक प्रत्यक्षदर्शीले बताए । सो झडपमा किशोर कुलुङ पक्षका निर्दोष अभिभावकहरु गम्भिर घाइते भएका छन् भने अर्को प्रतिस्प्रधी उमेदवार बिद्या राज कुलुङ आफै पनि ठूलो रुपमा घाइते भएका छन् । उनलाई टाउकोमा ठूलो चोट लागेको छ । अरु घाइतेहरु मध्यमा महाकुलुङ ३ निवासी रुद्री मणी कुलुङ,पूर्णसीता,कुलुङ, पूर्ण सुख राई, हिरादेवी कुलुङ, जिमिका कुलुङ, दिपक कुलुङ रहेका छन् ।
रुद्री मनि कुलुङ
घाइतेहरु रुद्री मणी कुलुङ र पूर्णसीता कुलुङलाई थप उपचारका लागि फाप्लु अस्पताल लगिएको छ भने बिद्या राज कुलुङको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचार भइ रहेको छ । यो अकल्पनीय घटनाले बिद्यालयको भौतिक संरचनामाथी समेत ठूलो क्षती हुन पुगेको छ । दुई पक्षबीच झडप हुँदा विद्यालयको कार्यलय तथा भौतिक संरचना समेत तोडफोड भएका छन् । सिसि क्यामराको स्कृन फोरिएको छ भने रेकर्डर , डेल कम्पनीका ३ थान ल्यावटप हराएको विद्यालय प्रशासनले जनाएको छ । ढोका ,टेवुल तथा विद्यालयको छानामा समेत क्षति पुगेको स्रोतको दावी छ ।
प्रधानध्यापक कक्ष क्षेती ग्रस्त
सौहार्ड वातारणमा चुनाव सम्पन्न भई सकेपछि दुवै उमेदवारले हारजित स्वीकार गरेर भित्र बसि रहेका बेला बाहिरबाट एक युवा समूह कराउदै चिच्याउदै अगाडी बढेको विद्यालयका प्रधानध्यापक गुरु थुलुङले बताए । त्यो समूहले प्रहार गरेको ढुङ्गा लागेर एक महिलाको टाउकोमा गहिरो चोट लागेको खबर आएपछि झडपको स्थिति सृजना भएको उनको भनाई थियो । तर जुन समूह विद्याराज पक्षकै हो भन्ने आरोप लगाएपछि उनी माथी हमला भएको प्रधानध्यापक थुलुङले सेवा मिडिया युटयूव च्यानलसँग अन्तरवार्तामा बताएका थिए ।
थुलुङले त्यो युटयूब च्यानलमा अन्तरवार्ता दिदै भने,सौहार्द र शान्तीपूर्ण तरिकाले निर्वाचन सम्पन्न भई सकेपछि दुवै उमेदवारहरु स्वागत कार्यक्रमको लागि तयारी अवस्थामा बसिरहेका बेला बाहिरबाट एक खालको हुल नाराबाजी गर्दै आएपछि झडपको स्थिति सृजना भएको हो । सो समुहले हानेको ढंगा एक महिलालाई लागेपछि नै झडपको स्थिति भएको छ ।
पूर्णसीता कुलुङ
त्यसपछि बिद्याराज कुलुङको खोजी भएको र बाहिर निकाल्न जबरजस्ती भएपछि उनलाई बाहिर निकाल्ने बित्तिकै उनी माथी आक्रोसित भीडले आक्रमन गरेको पनि प्रधानध्यापक राईले बताए । बिजय हाशिल गरेका उमेदवार किशोर कुलुङले आफ्ना प्रतिस्प्रधी उमेदवार बिद्या राज कुलुङको पराजय निश्चित भएपछि उनकै समुहले यस्तो आराजक र अप्रत्यशित घटनाको सुरुवाट गराएको बताए ।
साँझ करिब ९ बजेतिर स्वागत कार्यक्रमको तयारी गर्दैगर्दा बाहिर अग्लो स्थानमा बसेका आफ्ना विपक्षका हिंस्रकबादीहरुले आराजक किसिमको नाराबाजी गर्दै ढुङ्गामुढा बर्षाएपछि आत्मा रक्षाको निम्ति जाइलाग्दा यस्तो अप्रिय घटना भएको किशोर कुलुङले कलाखबरलाई जानकारी दिए । उनले वास्तविक घटनाका दोषीहरुलाई डाकछोप गरेको भन्दै हिमाल समाचारको पनि खण्डन गरका छन् । समग्रह घटनालाई नसमेटिएर एक पक्षीय ढङ्गले हिमाल समाचार डट कमले समाचार प्रकाशन गरेको कुलुङले आरोप लगाए ।
बाँकी कुलुङ आफैले भनेका भनाईहरु यहाँ जस्ताकोतस्तै प्रस्तुत गरिएको छ ।
किशोर कुलुङ नव निर्वाचित अध्यक्ष
२०७७/१०/०३ गते सोलुखुम्बु जिल्ला महाकुलुङ गा.पा. वडा न. ३ स्थित छेस्काम मा. वि. को बि.को बि.ब्य.स. गठनको शिलशिलामा घटेको अकल्पनीय र अप्रत्याशित घटना प्रति दुख व्यक्त गर्दछु। बेलुकी करिब ९ बजेतिर मतगणना सकिएपछि बिजयी उम्मेदवार हामीहरूलाई विध्यालय प्रशासनको तर्फबाट बधाई एबम कार्यकाल सफलताको शुभकामना दिने कार्यक्रम अनुरुप डेस्क बेन्चको तयारी गरिदै थियो सोही बेला पराजित उम्मेदवार पक्षका साथीहरुले किशोर कुलुङको टाउको काट्छौ काट्छौ भन्दै ज्यान मार्ने धम्किसहितको नारा लाउदै सुनियोजित योजना मुताविक एकासी विध्यालयको ग्राउन्ड र मन्च वरिपरि ढुङ्गा मुढा हान्न थाले । निर्दोष अभिभावकहरु महाकुलुङ ३ निबासी रुद्र मनि राईको टाउको फुटी ग्राउन्डमै ढले लगत्तै ऐ ऐ निबासी पूर्ण सुख राई, हिरादेवी कुलुङ, जिमिका कुलुङ, दिपक कुलुङ लगायतका अभिभावकहरु रक्ताम्य भै ढल्न थाले । उपस्थित जनमास आक्रोशित भएपछि आत्मरक्षा एबम प्रत्याक्रमण गर्दा दोहोरो झडप भयो । बधाई कार्यक्रम बिथोल्ने पूर्बयोजित कार्यक्रम अनुसार नै भएको हो । यस्तो क्रियाकलाप पराजित मानसिकताको अलोकतान्त्रिक पराकाष्ठा हो । भएका मानबीय एबम भौतिक क्षतिप्रति दुख ब्यक्त गर्दछु, यस्को जिम्मेवारी पराजित साथीहरुले लिनुपर्छ । घटनालाई बङ्ग्याइ एकपक्षीय रुपमा कुनै मिडिया हाउसले गलत सूचना सम्प्रेषण गरिराखेको प्रति खेद प्रकट गर्न चाहन्छु ।