Logo

पूर्व लडाकु रक्ष कुमार राई( अभियान ) को फेरि नयाँ दोस्रो बिश्व कीर्तिमान


५,माघ–काठमाण्डौं । पूर्व लडाकु रक्ष कुमार राई (अभियान ) ले फेरि अर्को दोस्रो विश्व कीर्तिमान कायम गरेको छ । उनले १७ जनवरी २०२१ को दिन रोबर्तोको प्रतिमिनेट  १९८स्कोर रेकर्डलाई तोड्दै  एक मिनेटमा २१८ पटक टेनिस बल  स्कोर गरेर दोस्रो विश्व कीर्तिमान कायम गरेका हुन् । यसले सारा आम नेपालीहरुको सान र मान विश्वसामु चिनाएको छ ।

यो भन्दा अगाडी नै खेलकुदको माध्यमबाट गिनिज बुकमा नाम लेखाई सकेका राईले फेरि एक मिनेटमा २१८ पटक टेनिस बललाई स्कोर गरेर दोस्रो पटक इतिहास रच्न सफल भएको हो । स्पेनी नागरिक कृस्तियन रोवर्तोले मोस्ट हित्स अफ अ टेनिस बल विथ अ टेनिस र्याकेत इन वन मिनेट बिधामा २८ मार्च २०२० मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखेका थिए ।

तर यो रेकर्डलाई एक बर्ष नपुग्दै १७ जनवरी २०२१ मा राई ले तोडिदिएका हुन् । यो भन्दा अगाडि पनि उनले पहिलो रेकर्ड ‘द; लङ्गेस्ट जोर्नी अफ स्कुटर राइदरको टाईटल विश्व सामु हात पारिसकेका हुन । उनको उक्त रेकर्ड २५ फेब्रुअरी २०२० मा सफल भएको थियो । कीर्तिमानी राईले २७४३.७ किमि हिमाल पहाड अनि तराईको अभियान यात्रा लगार ७२ घन्टा खालिपेटमा नै पुरा गरेका थिए ।

उनले अन्य बिधाहरु पुस्तक लेखन,सितोरियो कराँते,ब्लक बेल्ट,चौथो दान (अन्तर्राष्ट्रिय रेफ्री र प्रशिक्षक) कलाकार,पुर्व लडाकु साथै माओवादी जनमुक्ति ( सेना) पार्टी नेपालको केन्द्रिय महासचिव समेत हाशिल गरी सकेका हुन् । त्यसो त उनी एक बहुमुखी प्रतिभाशाली व्यक्ति पनि हुन् ।

उनले देश र जनताको लागि अमूल्य दिएर उच्च शोभा बढाएकोमा राष्ट्रले पनि उनको प्रतिभाको कदर स्वरुप सम्मान गर्न नितान्त आवश्यक देखिन्छ । विश्व कीर्तिमानी राईको जन्म भोजपुर जिल्लामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्