Logo

तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए ओलीलाई थाप कारबाही गरिने चेतावनी


५,माघ–काठमाण्डौं । प्रधानमन्त्रि केपी ओलीलाई तीन दिन भित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए प्रचण्ड–माधव पक्षले थप कारवाही गर्ने भएको छ । त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेको पत्र बालुवाटारमा बुझाइएको छ ।

नेताहरु सुरेन्द्र पाण्डेसहित बालुवाटार पुगेर बुझाएको पत्रमा ‘पार्टीको सिद्धान्त, विचार, नीति, विधि, हितविपरित र पार्टी विरोधी गतिविधि गरिरहनुभएकोले तपाईंलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन किन नगर्ने रु’ भन्दै स्पष्टीकरण सोधिएको छ ।

यो पत्र प्राप्त गरेको वा तपाइको निवासमा टाँस गरिएको मितिले तीन दिनभित्र स्पष्टिकरण माग गरिएको छ । यदि तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिएमा तपाइँलाई थप कारवाही गरिने व्यहोरा पनि सूचित गरिन्छ’ पत्रमा भनिएको छ । प्रत्रको अंश सहित

प्रतिक्रिया दिनुहोस्