Logo

प्रचण्डको लठ्ठी ढुङ्गा मुढा सहितको आन्दोलन र विप्लवको नेपाल बन्द आहवानले माघ ९ र १० गते खतराको संकेत


५,माघ–काठमाण्डौं । राजनीतिक झगडाले फेरि नेपालमा हिंसा भत्काउने देखिएको छ । प्रचण्डको लठ्ठी ढुङ्गा मुढा सहितको आन्दोलन र विप्लवको नेपाल बन्द आहवानले माघ ९ र १० गते खतराको संकेत देखिएको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आन्दोलन शाकाहारीमा सिमित नहुने बताइसकेका छन् । उनले आक्रामक रुपमा प्रस्तुत हुने भन्दै लाठी मुग्रा र भिडन्तसम्मको कुरा गरेका छन् ।

यही माघ ९ गते फेरि प्रचण्ड माधव पक्षले लठ्ठी ढुङ्गा मुढा सहितको शक्ति प्रर्दशन गर्ने संकेत देखिएको छ । त्यसको भोलिपल्ट नेत्रविक्रम चन्द विप्लवको बन्द घोषणा आव्हान गरेको छ । नेकपाको शक्ति प्रदर्शन प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रित छ । सडकमा टुसुक्क बसेको भरमा ओलीको सत्ता नडमगने बुझेर प्रचण्डले आक्रामक बन्न पार्टी निकट युवाहरुलाई निर्देशन दिइसकेका छन् ।

सरकारले पछिल्लो समय विप्लव समुहलाई प्रतिबन्ध लगाएसँगै नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थाले पछि त्यसको बिरोधमा माघ १० गते विप्लवले नेपाल बन्धको घोषणा गरि सकेका छन् । भर्खरै सरकारले धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनको रिहाईको माग गर्दै विप्लव समूहले बन्द घोषणा गरेको छ ।

त्योभन्दा अघि विरोध प्रदर्शन देखि मशाल जुलुस समेत निकाल्ने भएको छ । अर्कोतर्फ, प्रचण्डले आफू लाठी खान तयार भएको सम्मको अभिव्यक्ति दिएका छन् । प्रचण्डले आन्दोलनलाई आक्रामक बनाउने भनिरहँदा विप्लव पनि सक्रिय हुनुलाई अर्थपूर्ण मानिएको छ ।

योसँगै सरकार अझ कडा नीति लिएर बढ्ने देखिएको छ । यसले गर्दा आम जनतामा फेरि त्रास छाएको छ ।  प्रचण्डले आक्रामक शैलीको आन्दोलन गर्ने भनेपछि सुरक्षा निकायलाई शतर्क हुन निर्देशन दिइएको छ । अर्कोतर्फ, विप्लव समूहको गतिविधिको समेत निगरानी बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्