Logo

महाकुलुङ छेस्काम माध्यमिक विद्यालय व्यावस्थापन समितिका दुई उमेदवार पक्षबीच झडप,बिद्यालयको भौतिक संरचनामाथी क्षेती


   सांकेतिक तस्विर
४,माघ–काठमाण्डौं । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका छेस्काम माध्यमिक विद्यालयमा शनिबार विद्यालय व्यावस्थापन समितिको चुनाव सम्पन्न भएको थियो । सो चुनावमा निवर्तमान अध्यक्ष बिद्याराज कुलुङ र किशोर कुलुङले उमेदवारी दिएका थिए । शनिबार मतदान सम्पन्न भएपछि बिद्याराज कुलुङलाई ३० मतले पराजय गर्दै किशोर कुलुङले विजय हाशिल गरेका हुन् ।

मत परिणाम बाहिर आई सकेपछि बिजय उमेदवारलाई स्वागतको तयारी गर्दै गर्दा अचानक झपको सृजना भएको हो । रातको करिब १० बजेतिर भएको झडपमा प्रतिस्प्रधी उमेदवार बिद्याराज कुलुङ घाइते भएका छन् । अहिले उनलाई उपचारका लागि महाकुलुङ प्राथमिक अस्पताल बुङ ल्याइएको छ ।

झडपको क्रममा विद्यालयको भौतिक संरचना समेत तोडफोड भएको बिद्यालय स्रोतले जनाएको छ । विद्यालयका प्रध्यानाध्यापक गुरु थुलुङका अनुसार विजयी समूहलाई स्वागतको तयारी गरिरहेको बेला सोही कार्यक्रममा सहभागी बन्न प्रशासन कक्षमा रहेका विद्याराज माथी व्यवस्थापन समितिका विजयी समूह पक्षका यूवाहरुले आक्रमण गरेका हुन् ।

बिद्याराज कुलुङ समुहले हानेको ढुङ्गा लागेर एक महिला घाइते भएपछि आक्रोशित भिडले निर्वतमान व्यवस्थापन समिति अध्यक्ष कुलुङलाई आक्रमण गरेको प्रध्यानाध्यापक थुलुङले बताए । दुई पक्षबीच झडप हुँदा विद्यालयको कार्यलय तथा भौतिक संरचना समेत तोडफोड भएका छन् ।
सिसि क्यामराको स्कृन फोरिएको छ भने रेकर्डर , डेल कम्पनीका ३ थान ल्यावटप हराएको विद्यालय प्रशासनले जनाएको छ । ढोका ,टेवुल तथा विद्यालयको छानामा समेत क्षति पुगेको विद्यालयले जनाएको छ । घटनाबारे जिल्ला प्रशासनलाई जानकारी सकिएको छ । अहिले त्यो बिद्यालय परिसरमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्