Logo

जाडो मौसममा चार नेपाली युवाको बिश्व कृतिमान


४,माघ–काठमाण्डौं । पर्यटन व्यावसायी चार नेपाली युवाले जाडो मौसममा दोस्रो अग्लो हिमाल चढेर नयाँ कृतिमान कायम गरेका छन् । १० नेपालीको एक समूहले हिमाल आरोहण यात्रा गरेका थिए । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् ।

कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन् । समूहका एक सदस्य निम्स दाइ पुर्जाले उनी स्थानीय समयानुसार बेलुका पाँच बजे पर्वतको शिखरमा पुगेको जानकारी दिए । यो चिसो मौसममा दर्जनौं पर्वतारोहीले ८,६११ मिटर अग्लो पर्वत आरोह गर्ने आशा गरेका थिए ।

तर यसै सप्तान्हन्तमा स्पेनका पर्वतारोहीको आरोहणका बेला चिप्लिएपछि ज्यान गुमाउनु परेको थियो । पाकिस्तान र चीनको सिमानामा अवस्थित यो हिमाल सगरमाथा भन्दा दुई सय मात्र कम हो । लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिँदै आएको छ ।

अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा यो आरोहण गर्ने कोसिस गरेका थिए तर उनी सफल हुन सकेन । उनले यसलाई एक खतरनाक पहाडको संज्ञा दिँदै यसमाथि चढ्ने कोसिस गर्नु मृत्युलाई आमन्त्रण गर्नु बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्