Logo

प्रधानमन्त्रि ओलीको भनाई र व्यवहारमा पूर्व सभामुख नेम्वाङ असहमत,शनिबार उनले सार्बजनिक रुपमै मुख खोले


 

३,माघ–काठमाण्डौं । पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ प्रधानमन्त्रि ओलीको भनाई र व्यवहार प्रति असहमत भएका छन् । उनले घुमाउरो पारामा सार्बजनिक रुपमै शनिबार भने मुख खोलेका छन् । नेकपाको ओली समुहको प्रदेश एक स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले संसद विघटनबारे प्रधानमन्त्री ओलीले जे भने पनि त्यसको निर्णय सर्वोच्च अदालतले गर्ने बताए ।

अदालतमा विचाराधिन मुद्धा भएकाले अहिले आफू थप केही नबोल्ने उनले बताए । नेम्वाङले घुमाउरो कुरा गरेर संसद विघटन गरेर चुनावमा जान बाध्य भएको बताए । तर प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधानअनुसार नै हो भन्न सकेनन् । बरु संसद विघटनसम्बन्धमा सर्वोच्चमा परेको मुद्धा प्रक्रियामा ढिला गराउन खोजिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

संवैधानिक इजलास र वृहत इजलास भनेर संसद विघटनको विरोध गर्ने पक्षले नै अडकाएर ढिलो गराएको नेम्वाङले आरोप लगाए । ओलीको नुन खाएर राजनीतिक क्षेत्रमा अगाडी बढेकाले उनको बिरुद्धमा बोल्न नसकेको उनमा आरोप समेत लागेको थियो । अन्तिम्मा उनले सरकारको बचाउ गरेका थिए ।

नेम्वाङ्ले संविधानको धारा ७७ मा प्रधानमन्त्री रिक्त हुने अवस्थाका बारेमा व्याख्या गर्दै सरकार कामचलाउन नभएको तर्क गरेका छन् । धारा ७७ को ३ मा पद रिक्त भएमा मात्र प्रधानमन्त्री कामचलाउ हुने भन्दै नेम्वाङले अहिलेको सरकार काम चलाउ नभएको दावी गरे ।

नेम्वाङले सरकारले घोषणा गरेको चुनाव कसैले पनि रोक्न नसक्ने बताएका छन् । ओलीको पक्षमा हुने गरी सबै कुरामा धारणा राखेका नेम्वाङले संसद विघटन संवैधानिक कि असवैधानिक भनेर चाँही धारणा राख्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्