Logo

छ लाखको प्रलोभनमा झुटो बल’त्कारको जाहेरी दिने युवती पक्राउ


 

३,माघ–काठमाण्डौं । आर्थिक प्रलोभनमा परेर आफूहरुलाई सामुहिक बल’त्कार भएको झुटो जाहेरी दिने दुई युवतीलाई प्रहरीले पक्राउ गरेका छन् । अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । आफूलाई पाँच जनाले सामूहिक बल’त्कार गरेको भन्दै ओखलढुंगाकी एक १७ वषिर्या युवती २८ पुसमा ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा गएर उजुरी दिइएकी थिइन् ।

सोही उजुरीमा ओखलढुंगाबाट काठमाडौं जादै गर्दा खुर्कोटमा गाडी बिग्रिएको र बाटोमा बसिरहेको बेला ५ जना व्यक्तिहरुले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याएर बलात्कार गरेको उनले बताएकी थिइन् । उजुरीका आधारमा प्रहरीले आरोपितहरुको खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा युवतीले आरोपितहरुको नाम लिनुका साथै सामाजिक सञ्जालबाट लिइएको तस्वीर पहिचान गरिन ।

तर आरोपितहरुको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन उनीहरुले सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन । यसरी आवश्यक प्रमाण नजुटेपछि प्रहरीलाई युवतीमाथि नै शंका लागेर प्रमाणका लागि बन्धक ठाँउ देखाउन भन्यो तर उनले देखाउन सकिन । अन्तमा बल’त्कृत भनिएकी युवतमाथी शंका लागेपछि सोधपुछ गर्दा ६ लाख रकम पाउने लोभमा अरुलाई फसाउन नाटक गरेको खुलेको छ ।

यो घटनामा ‘गजेन्द्र भन्ने राम विश्वास साह कानू लगायतले योजना बनाएको, जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले बताए । उनका अनुसार जग्गासम्बन्धी मुद्दामा विपक्षी रहेका राम निवास साहसहित ५ जनालाई झुठो मुद्दामा फसाए बापत ६ लाख रुपैयाँ नगद र जागिर समेत दिने भन्ने प्रलोभनमा युवतीले बलात्कारको झुटो मुद्दा लगाएको खुलेको हो । अहिले झुठ्ठा व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने र बलत्कृत भएको बताउनले दुवै जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्