कुनै न्याधिशहरुलाई आफूले नभेटेको प्रधानमन्त्रि ओलीको जिकिर
३,माघ–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका कुनै न्यायाधीशहरुलाई आफूले नभेटेको बताएका छन् । काठमाण्डौं उपत्यकामा कार्यकता भेलालाई सम्बोधन गर्दै शनिबार उनले सो कुराको स्पष्टिकरण गरेका हुन् ।
ओलीले यसपटक मात्र होइन, शायद कहिल्यै पनि कसैलाई नभेटेको जिकिर गरेका छन् । सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन, शायद चिनेको पनि छैन, ओलीले भनेका छन् ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो ।
रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा नगर्नुस् भन्दै रोकेका थिए ।