Logo

प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राईको दुलही पत्ता लाग्यो,को हुन त उनी ?


 

३,माघ–काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राईको बिवाहको चर्चा दुई दिन अघिदेखि भएको छ । माघ ११ गते बिवाह हुने मिति तोकिए पनि दुलही को हो ? भनेर ठ्याक्कै नखुलाउदा आम जनताको मनमा खुलदुली भएको थियो । भर्खरै मुख्यमन्त्रि राईको स्वकीय सचिव नवराज राईले दिएको जानकारी अनुसार २०१८ की बिजेता मिस मंगोल जाङमु इन शेर्पा खुल्न आएको छ ।

ताप्लेजुङ जिल्लामा जन्मेकी उनीसँग मन्त्रि राईको बिवाह हुन लागेको हो । मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले माघ ११ गते विवाह हुने पक्का भएको बताए। स्रोतका अनुसार विवाह काठमाडौँमा हुने छ। काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ। मिस मंगोल शेर्पा समाज सेवा र कलाकारिता क्षेत्रबाट अगाडी बढ्दै आएकी एक नारी प्रतिभा हुन् ।

यी दुई जोडीबीचको उमेर २८ बर्षको फरक रहेको छ, भने क्षेत्र पनि फरक नै रहेको छ । राई राजनीतिक बिचारधारका व्यक्ति हुन् भने शेर्पा कलाकारिता क्षेत्रका बिधाका व्यक्तित्व हुन् ।

प्रतिक्रिया दिनुहोस्