Logo

राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तीको अवसरमा प्रहरीले ज्यादती गरेको भन्दै मण्डलामा व्यापक प्रर्दशन


३,माघ–काठमाण्डौं । राष्ट्रिय एकता दिवस तथा २९९ औं पृथ्वी जयन्तीको अवसरमा १०८ फिट लामो माला लिएर पृथ्वीनारायण शाहको शालिकमा माला अपर्ण गर्न जाँदा प्रहरीले ज्यादती गरेको भन्दै माईतीघर मण्डलामा प्रर्दशन भएको छ ।

पौष २७ गते प्रहरीले बिनाकारण दमन तथा अनावश्यक ज्यादती गरेको भन्दै राष्ट्रिय नागरिकहरुले शनिबार बिरो’ध तथा प्रर्दशन गरेका हुन् । सिंहदरबार अगाडीको पश्चिमी गेटमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न जादा प्रहरीले धमन गरेको थियो ।

ठेलाठेल गर्दै प्रहरीले लाठ्ठी समेत बर्षाएको थियो । यसको बिरोधमा वरिष्ठ पत्रकार प्रेम गैटे सहितको नागरिकहरुले आज बिरोध आवाज उठाएका हुन् । उनीहरुले राष्ट्रिय झण्डा सहित प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्