नागरिक समाजद्वारा माईतीघर मण्डलामा बृहत प्रर्दशन
३,माघ–काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा नागरिक समाजद्वारा माईतीघर मण्डलामा बृहत प्रर्दशन गरिएको छ । सो बिरो’ध प्रर्दशनमा प्रध्यापक डा.गोविन्द केसी समेत अग्रभागमा उभिएका थिए ।
शनिबार माईतीघर मण्डलामा नागरिक समाजका अगुवाहरुले ओलीको असंवैधानिक कदम बन्दै बिरोध प्रर्दशन गरेका हुन् । सहभागीहरुले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश शासकको संज्ञा दिँदै ‘नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्रतिनिसधसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्रीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशैभर विरोधको स्वर चर्को देखिएको छ । आज देशैभर नेपाली काँग्रेसले पनि बिरो’ध प्रर्दशन गरि रहेका छन् ।