Logo

प्रभु बैंकका एक कर्मचारी कोरोना निकोभएर अफिस फर्कदा जागिर चैट


३,माघ–काठमाण्डौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत एक कर्मचारी कोरोना निकोे भएर आफिस फर्कदा उनको जागिर गुमिसकेका थिए । कोरोना संक्रमित भएपछि उनी होम आइसोलेशनमा बसेका थिए । उनी म्याग्दीको पोखरेबगरस्थित प्रभु बैंकको शाखा कार्यलयमा कार्यरत थिए ।

एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण–६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो । ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उहाँले स्वाब दिनुभएको थियो ।

पुस ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेशन बसेको थिए”, उहाँले भन्नुभयो, “कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।”रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गर्नुभयो ।

“टोल, छिमेकमा कोरोना सङ्क्रमित भनेर दुव्र्यवहार सहनुपर्यो”, उहाँले भन्नुभयो, “आइसोलेशन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ ।”बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्