Logo

नेपाली काँग्रेसद्वारा देशभर वृहत आन्दोलन तथा प्रदर्शन जारी


३,माघ–काठमाण्डौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा बिगटन बिरुद्ध आज देशभर बृहत आन्दोलन गरिरहेका छन् । शनिबार देशका ७५३ वटा सबै स्थानीय तहमा बिहानैबाट काँग्रेसले बिरोध प्रदर्शन तथा आन्दोलन गरि रहेका छन् । प्रधानमन्त्रि ओलीको कदम असंवैदानिक भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन गर्दै आएको छ । प्रदर्शनसँगै विरोध सभामा केन्द्रीय नेताहरु समेत सहभागी भइरहेका छन् । चुनावमा जान सकिन्छ भन्दै केही आनाकानी र आलताल गरि रहेका सभापति देउवा समेत काठमाडौंका विभिन्न स्थानीय निकायमा सम्बोधन गर्न पुगेका छन् ।

ओलीले नेकपाको पार्टी फुटाएपछि मौकामा चौका हान्ने धाउ छोपी रहेका देउवा फेरि ओली बिरोधीले प्रधानमन्त्रि बन्न प्रस्ताव गरेसँगै उनी आन्दोलनमा लचिलो भएको केही नेताहरुले आरोप समेत लगाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल चितवनको शारदानगर पुगेका छन् । महामन्त्री डा। सशांक कोइराला नवलपुरको देउचुली पुगेका छन् । काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिहले काठमाडौं महानगरपालिकामा हुने विरोध सभापछि बसन्तपुरको सभालाई सम्बोधन गर्दैछन् ।

डा. शेखर कोइराला मोरङ पुगेका छन् । काँग्रेस केन्द्रीय सदस्य एनसपी साउदले ललितपुरको महालक्ष्मी नगरपालिका अन्र्तगत लुभुको सभालाई सम्बोधन गरेका छन् । विश्वप्रकाश शर्मा भक्तपुरको सभालाई सम्बोधन गर्न पुगेका छन् । अर्जुननरसिंह केसी र डा। रामशरण महत नुवाकोट पुगेका छन् । धनराज गुरुङ चितवनको खैरेहनी पुगेका छन् । गुरुराज घिमिरे र नैनसिंह महर काभ्रे पुगेका छन् । डा। मिनेन्द्र रिजाल बाँके र प्रदीप पौडेल विराटनगर पुगेका छन् । प्रचण्ड माधव पक्षले पनि फेरि आगामी माघ १६ गते बृहत रुपमा प्रर्दशन गर्ने जनाइसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्