मुख्य मन्त्रि शेरधन राईको माघ ११ गते बिवाह हुँदै

२,माघ–काठमाण्डौं । प्रदेश नं १ का मुख्यमन्त्रि शेरधन राईको माघ ११ गते बिवाह हुँदै भएको छ । उनले अन्तरजातीय बिवाह गर्ने चर्चा चलेपनि केटी को हो भन्ने चाँही खुलाइएको छैन । राईले अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग विवाह गर्न लागेका हुन् । उनको बिहे काठमाडौंमा हुने तय भएको बताएको छ ।
विवाह हुने तय भएको मुख्यमन्त्रीका स्व’कीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनले भने, “विवाहको मिति तय भइसकेको छ । काठमाडौंबाट हुँदै छ ।” विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रि’तिभोज कार्यक्रम हुनेछ ।
विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्या’पारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र नि’म्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अ’न्तरजातीय विवाह गर्न लागेको उनी नि’कटस्थहरु बताउँछन् ।