महाकुलुङमा सोङगेर लालीमा चलचित्रको व्यापक चर्चा,अझै सम्म पनि त्यहाँ चलचित्र हेर्नलाई दर्शकको भीड
१,माघ–काठमाण्डौं । कुलुङ भाषामा निर्मित सोङगेर लालीमा चलचित्रले सोखुलुम्बुमा व्यापक चर्चा पाएको छ । पौष १५ गतेबाट प्रर्दशनमा आएको सोङगेर लालीमा चलचित्र अझै सम्म पनि निरञ्तर चलिरहेको छ । मन बहादुर कुलुङको कथा लेखन तथा निर्देशन रहेको सो चलचित्रलाई पर्यटन व्यावसायी तिल जंग राईले निर्मिाण गरेका हुन् ।
यो चलचित्रलाई अहिले सम्मकै कुलुङ चलचित्र मध्य सबैभन्दा आम दर्शकले बढी रुचाएका हुन् । यो चलचित्रमा आफ्नो भाषिक मौलिकता बढी प्राथामिकता दिएकोले पनि सम्वन्धित जातिले यो चलचित्र हेर्न रुचाएका हुन् । कुलुङ जातिको संस्कृति अनुसार बिहेपछिको नारीको पीडालाई मार्मिक र कारुणिक ढङ्गबाट प्रस्तुत गरिएको छ ।
यो चलचित्रमा जनगणना सम्बन्धि जनचेतना समेत उजागर गरिएको छ । कुलुङ भाषाको दुईवटा गीत यस चलचित्रमा समाबेश गरिएको छ । कलाकारहरु लक्षण चौलागाईं,रोशनी साप्कोटा,बुद्ध श्रेष्ठ,रमा कुलुङ, जलक माया कुलुङ, मनिषा कुलुङ,सुन्दरज्योती कुलुङ,सुमिता कुलुङ,करिश्मा कुलुङ,समिना कुलुङ,बबि कर्मा नाच्छिरिङ,खम्बुहाङ कुलुङ,समीप कुलुङ,सृजन शिरिष आदिको रोचक अभिनय रहेका छन् ।