Logo

आदिबासी जनजाती सहित्यकार महासंघ गठन,संघमा ३४ सदस्य रहने


 

१,माघ–काठमाण्डौं । आज बिहिबार काठमाण्डौं उपत्यकामा आयोजित कार्यक्रमबाट आदिबासी जनजाती सहित्यकार महासंघ गठन गरिएको छ । साहित्यकार राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय सहित महासंघ गठन भएको घोषणा गरिएको हो ।

साहित्यकार मुकारुङ संयोजक र अन्य दुई सरस्वती प्रतिक्षा र टंक सेलिङ नियुक्ति भएका छन् । अन्य सदस्यमा सचिव बुद्ध योञ्जन लामा र आर्थिक संयोजकमा उर्मिला गम्बा थारु छन् ।

महासंघमा २९ सदस्य चयन गरिएका छन् भने ८ वटा राज्य समिति र १४ देशमा अन्तर्राष्ट्रिय समितिसमेत घोषणा भएको छ । सम्बन्धित जाति, समुदायका भाषालाई जोडदार रूपमा लेखन गर्न तथा

तिनका मौखिक साहित्य लिखित गर्नरगराउन, स्रष्टाहरूलाई उत्प्रेरित गर्ने, मौखिक परम्पराका दर्शनशास्त्रहरूलाई, बहस र लिखित गर्ने लगायत उद्देश्यले महासंघ घोषणा भएको संयोजक मुकारुङले बताए । कार्यक्रममा विभिन्न बिशेष व्यतित्वहरुको उपस्थिती रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्