Logo

यो बर्षको आदर्श विशेष सम्मानबाट गायक प्रकाश सपुत सम्मानित


 

१,माघ–काठमाण्डौं । यो बर्षाको आदर्श विशेष सम्मानबाट गायक प्रकाश सपुत सम्मानित हुनु भएको छ । आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको हो ।

सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ। सपुतलाई नगद रु २५ हजार राशिसहित समारोहका प्रमुख अतिथि निर्वतमान संघीय सांसद मनकुमारी केसी तथा संस्थाका अध्यक्ष हुमाकुमारी जिसीले प्रदान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्