नुवाकोटमा गोरु जुधाउने क्रममा गोरु भीडतिर गएपछि दर्शकको भागाभाग
१,माघ–काठमाण्डौं । आज माघे संक्रान्तिको अवसरमा नुवाकोटको तारकेश्वर गाउँपालिका–३, तारुकामा गोरु जुधाइएको छ । गोरु जुधाउन फाँटमा लैजाने वेला एउटा गोरु भीडतिर भागेपछि दर्शकको भागाभाग भएको थियो ।
त्यसक्रममा तीन जना घाइते समेत भएका छन् । गोरु जुधाउनका लागि मैदानतिर लैजाने क्रममा गोरु अचानक भीडतिर गएको हो ।

