Logo

नेपालको सबै भन्दा सस्तो विद्यालयमा पढ्ने एक छात्रा संसारकै मँहगो कलेज पढ्ने सौभाग्यमानी


१,माघ–काठमाण्डौं । । नेपालको सबै भन्दा सस्तो विद्यालयमा पढ्ने एक छात्रालाई संसारकै मँहगो कलेज पढ्ने सौभाग्य मिलेको छ । उनी हुन् चितवनकी अस्मिता अधिकारी हुन् । मासिक रु एक सय रुपैयामा नेपालकै सस्तो विद्यालयमा पढ्दै आएकी उनले हाल संसारकै सबै भन्दा मँहको विद्याय स्विटजरल्यण्डमा पढ्ने अवसर पाएकी छन् । अस्मिताले हाल स्टिजरल्याण्डको आइगलन कलेजमा छात्रवृत्तिमा पढ्न गएकी हुन् ।

अध्ययनका लागि वार्षिक करिब २ करोड शुल्क लाग्ने उक्त कलेजमा पढ्का लागि अस्मिताले चार वर्षे निःशुल्क छात्रवृत्ति पाएको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले बताए । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ । भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए ।

नेपालमा जन्मिएका व्यापारी तथा गैस आवासीय नेपाली सँगमा पूर्व अध्यक्ष उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् ।अस्मिताका बुबा अमृत ट्याक्सी चालक हुन् । रोजगारीका लागि खाडी मूलुक गएका उनी विरामी परेर नेपाल फर्केपछि छोराछोरीलाई पढाउने कुनै उपाय नहुँदा समतामा भर्ना गरेका थिए ।

एक छोरीले समताबाटै प्लस टु उत्तिर्ण गरेकी छन भने भर्खर एसईई दिएकी अस्मिताले सँसारकै महँगो मध्येको कलेज पढ्न अबसर पाइन् । अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् ।

उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।

 

प्रतिक्रिया दिनुहोस्