Logo

महामारीको बेला समेत एनआईसी एसिया बैंकले ३५ दिने सूचना निकाल्दै चलअचल सम्पत्ति लिलाम गर्ने भएपछि ग्रहक आक्रोसित


२९ पुस, काठमाडौं । एन आईसी एसिया बैंकप्रति अहिले ग्राहकले निकै कडा रुपमा आक्रोस पोखाउन थालेका छन् । महामारीको बेलासमेत ऋणीहरुलाई ३५ दिन भित्र ऋण चुत्ता नगरे चलअचल सबै सम्पत्ति लिलाम गर्ने सूचना निकालेपछि ग्रहकमा असुन्ति पैदा हुन थालेको हो । मंगलबार एनआईसी एसिया बैंकले करिब दुई दर्जन व्यक्तिहरुको फोटो समेतको विवरण पत्रिकामा प्रकाशन गरेर ऋण चुक्ता गर्न ३५ दिनको समयसीमा तोक्यो । ३५ दिनमा ऋण चुक्ता नगरे ऋणीहरुको सवारी साधनदेखि आफैं बसेका घरजग्गा समेत धितो लिलामी हुने उल्लेख गरिएको छ ।

बैंकले निकालेको सूचना अनुसार अब ३५ दिनभित्र ऋण चुक्ता नगरे सर्लाहीका ओमप्रकाश यादवको तीन वटा बोलेरो गाडी लिलामी हुँदैछ । सर्लाहीकै बलभद्र पुरीको मारुती सुजुकी भ्यान लिलामी हुँदैछ भने नेत्रसिंह बानियाको १७ विगाहा ३ कठ्ठा जग्गा साथै त्यसमा रहेको घर समेत लिलामी हुँदैछ । मोरङकी कौशिला लिम्बू र काठमाडौंका श्यामबहादुर तामाङको ३५ दिन भित्रमा ऋण चुक्ता नगरे एनआईसी एशियाले घरजग्गा लिलामी गर्ने उल्लेख गरेको छ ।

माथि उल्लेखित व्यक्तिहरु प्रतिनिधि पात्रमात्रै हुन्, यस्ता दर्जनौ व्यक्तिहरुको नाम र फोटो अहिले दैनिक जसो पत्रिकामा छापिन्छन् । महामारी नसकिँदै तुलनात्मक हिसाबले धितो लिलामीमा एनआईसी एसिया बैंक निकै आक्रामक देखिएको छ । अन्य बैंकहरुले धितो लिलामी भने धामाधम गरिरहेका छन् । ‘ऋण लिएर समयमा चुक्ता नगरेपछि कानूनी प्रक्रिया पुर्याएर लिलामी गर्नै पर्छ’ एक बैंकका सीईओले भने, ‘तर कहिले काँही थोरै व्यवहारिक हिसाबले पनि हेर्नुपर्ने हुन्छ ।

एनआईसी एसियाले लकडाउनकै बेला पनि धितो लिलामीका धेरै सूचनाहरु निकाल्यो । लकडाउनकै बेला एनआईसी एसियाले धितो लिलामी गर्न लागेका् उजुरीहरु समेत राष्ट्र बैंकमा पुगेको थियो । उसो त व्यवसायीहरुले एनआइशी एशिया बैंककै प्रधान कार्यालयमा समेत पुगेर गुनासो सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्