पृथ्वी जयन्तीमा अहिले सम्मकै ठूलो रुपमा जनसागर उर्लिए,शालिकमा माला अर्पण गर्न जादा प्रहरी हस्तक्षेप
२८,पौष–काठमाण्डौं । यो बर्षको २९९ औ पृथ्वी जयन्ती मनाउन निकै रुपमा जनसागर उर्लिएका छन् । आईतबार रातो र चन्द्र सूर्य सहितको गीत गन्काउदै बृहत जुलुस सहित सिंहदरबार अगाडी माला अर्पण गर्न जनसागर उर्लिएका थिए ।
विभिन्न बाजागाजा र झयाँकी सहितको टोली शान्तिवाटीका रत्नापार्कबाट र्याली निकाल्दै सिंहदरबार अगाडी पृथ्वीनारायण शाहको शालिकमा माला अर्पण गर्न गएका थिए ।
१०८ मिटरको लामो माला सहित आयो आयो गोरर्खाली भन्दै अगाडी बढ्न खोज्दा निर्मम रुपमा प्रहरीले लठ्ठी प्रहार गरेका थिए । भीडलाई नियणत्रण गर्न प्रहरीलाई गाह्रो भएपछि आपसमा झडपको अवस्था सृजना भएको थियो ।