Logo

गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा नुवाकोेट आईपुग्यो


२५,पौष–काठमाण्डौं । गोरखा पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट मंगलबार शुरु भको थियो । गोरखा दरबारको हनुमान भञ्ज्याङबाट सुरु भएको सो पदयात्रा आज नुवाकोट आईपुगेको छ । उक्त पदयात्रा तत्कालीन गोर्खाली सेनाद्वारा विजय अभियानका सन्दर्भमा प्रयोग भएका पदमार्गमा विभिन्न कार्यक्रम गर्दै अघि बढ्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पदयात्राका क्रममा साँस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनको कार्यक्रम हुनेछ । पदयात्रामा राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालीन सैनिक पोसाक र सोही समयमा खडा भएका नेपालका पहिला पाँच सैनिक युनिटका निशान झण्डा समावेश छ । उक्त कार्यक्रममा नेपाली सेना र स्थानीय जनताको समेत सहभागिता रहेको सेनाले जनाएको छ । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी थिए ।

हरेक बर्ष २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा यो पदयात्रा आयोजना गरिन्छ । गोरखाको टोलीले नुवाकोटको टोलीलाई सैनिक युनिटका निशान झण्डा बुझाएर फर्किएका छन् । यो टोलीले पनि भोली नुवाकोटको ककनीमा काठमाण्डौं उपत्यकाबाट गएको टोलीलाई बुझाउने कार्यक्रम रहेको त्यो टोलीका सैनिक जवान केशर घर्ती मगरले जानकारी दिए । उहाँका अनुसार त्यो टोलीमा ३५ जना रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्