Logo

करेन्टबाट जंगली हात्तीको मृत्यु


२५,पौष–काठमाण्डौं । सप्तरीको खडक नगरपालिका(४ अमहा गाउँ जिकै जंगली हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । जंगली बँदेलले बालीनाली खाइदिन थालेको भन्दै गहुँबाली जोगाउन तारको घेरामा छोडेको विद्युतीय करेन्ट लागेर शुक्रबार राती जंगली भाले हात्ती मरेको डिभिजन वन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

जंगली बँदेलको समूहले गहुँबाली खाइदिन थालेपछि खेत वरिपरि मसिनो फलामे तारको घेरा हालेर करेन्ट प्रवाह गरेकाले त्यसमा परेर गएराित करिब सवा १० बजेतिर हात्ती मरेको हो। जंगली बँदेल, नीलगाईजस्ता जनावरले खेतबारीमा लगाएको बालीनाली खाएर नष्ट गरिदिन थालेपछि तारको घेरा हालेर करेन्ट प्रवाह गरिएको थियो’ स्थानीय किसानले भने ‘त्यसमा परेर जंगली हात्ती मरेछ ।

मरेको हात्ती हेर्न शनिबार बिहानदेखि नै स्थानीय गाउँलेको भिड लागेको छ । इलाका प्रहरी कार्यालय कडरबोना र नेपाली सेनाको टोलीले घटनास्थल घेरा हालेर राखेको छ । सप्तरीको राजविराजस्थित डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष झासहितको टोली हात्ती मरेको खवर पाएपछि शनिबार बिहानै घटनास्थल आएका छन् ।

घटनास्थलको प्रकृति र मुचुल्का उठाएपछि पशु चिकित्सकमार्फत पोस्टमार्टम गरी त्यहीँ खाल्डो खनेर हात्तीलाई गाडिने डिभिजन वन अधिकृत झाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्