चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति ओलीको कडा प्रहार
२५,पौष–काठमाण्डौं । प्रधानमन्त्रि केपी शर्मा ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति कडा प्रहार गरेका छन् । शनिबार कार्यकता भेलालाई सम्बोधन गर्ने क्रममा उनले अदालतलाई नधक्याउन सचेत गराएका हुन् । एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न नसुहाउने उहाले बताउनु भयो ।
सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न नसुहाउने ओलीको भनाई थियो । उनले अघि भने, ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने रु सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?
अति जान्ने सुन्ने अजासुहरुले संवैधानिक इजलासले हुँदैन भनेको भन्दै चर्को आलोचना गरे । प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो रु आफूहरुले कहिल्यै न्यायपालिकाविरुद्ध बोल्ने, नाराजुलुस गर्ने नगरेको उनले बताए ।