Logo

केपी ओली र राष्ट्रपतिको असंवैधानिक कदम बिरुद्ध उल्टो हिडेर नेविसंघको कडा प्रर्दशन( भिडियो सहित)


२४,पौष–काठमाण्डौं । नेपाल विद्यार्थी संघले केपी ओली र राष्ट्रपतिको कदम उल्टो भएको भन्दै उल्टो हिडेर कडा बिरो’ध प्रर्धशन गरेका छन् । उनीहरुले माईती घर मण्डला हुँदै नयाँ बानेश्वर सम्म उल्टो पैदल यात्रा गरि प्रर्दशन गरेका हुन् ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेवि संघले उल्टो हिँडेर विरोध प्रदर्शन गरेको हो।

नेपुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको विरोधमा पछिल्लो समय देशभर प्रदर्शन भइरहेको छ। पौष २५ पनि देशका सबै जिल्लामा कडा आन्दोलनको तयारी गरेको पनि नेविसंघले जनाएको छ ।

उनीहरुले आर्यघाटले के भन्छ ? केपी ओली ले भन्छ । संसद बिघटन गर्नु धोका हो । केपी ओली छक्का हो । केपी तेरो पाराले दुःख पायो साराले जस्ता नारा लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्